Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ढोरपाटनमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ढोरपाटनमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

शनिवार , जेठ ३०, २०८३

बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गएराति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। 

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उनको भनाइ छ।

चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताए। मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको र अहिले शवलाई भिरबाट निकालिएको उनले जानकारी दिए । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077