Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जना घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जना घाइते

आइतवार , कार्तिक २, २०८२

कैलाली। कैलालीमा मलामी बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा बर्दगोरिया गाउँपालिका-४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका-४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउद रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

यस्तै दुर्घटनामा नौ जना घाइते भएका छन् । दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077