Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुधवार , कार्तिक १९, २०८२

बझाङ । बझाङको थलारा गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडातर्फ गइरहेको ट्याक्टर थलारा–२ कफलफाँडा नजिक पारमुल भन्ने ठाउँमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा थलारा–२ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको मृत्यु भएको छ भने चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन् ।

ट्याक्टर सडकभन्दा झण्डै एक किलोमिटर तल खसेको छ ।

गम्भीर घाइते चालक कैलालीका खुशीराम चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077