Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते

मंगलवार , पौष १, २०८२

मकवानपुर । मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बकैया गाउँपालिका-७ अधेरीका करिब ५०/५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०/५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका छन् ।

दुर्घटनामा १९ जना घाइते पनि भएका छन् । प्रहरीका अनुसार दुघर्टनमा परेका व्यक्तिहरू काठमाडौं–तराई–मधेश द्रुतमार्गमा काम गर्ने कामदारहरू रहेको बुझिएको छ ।

उनीहरूको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077