Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हिरासतमा थुनुवा मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन

हिरासतमा थुनुवा मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन

शनिवार , कार्तिक २२, २०८२

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा थुनुवा गङ्गे सुनारको मृत्यु भएको प्रकरणबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोकजत्वमा पाँच सदस्यीय समिति गठन भएको हो ।

समितिमा वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटा, मानवअधिकार सञ्जालका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेश सचिव मालती विक र मृतकका परिवारका तर्फबाट गीता सुनार सदस्य रहेका छन् ।

लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका २६ वर्षीय सुनार आज बिहान प्रहरी हिरासतमै अचेत अवस्थामा भेटिएका थिए ।

उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077