Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

हवाई फायरपछि लागुऔषध तस्कर पक्राउ, ३० हजार ट्रामाडोल क्याप्सुल बरामद

हवाई फायरपछि लागुऔषध तस्कर पक्राउ, ३० हजार ट्रामाडोल क्याप्सुल बरामद

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ललितपुरमा हवाई फायर गरेर ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको साथबाट ट्रामाडोलका ३० हजार क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ ठूलो परिमाणमा लागूऔषध ल्याइँदै गरेको विशेष सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो ।

शनिबार ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा शंकास्पद कारलाई रोक्न खोज्दा चालकले प्रहरीको संकेत बेवास्ता गर्दै तीव्र गतिमा भाग्ने प्रयास गरेका थिए ।

प्रहरीले कार नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेपछि मात्र सवारी रोकिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

कारको खानतलासीका क्रममा डिक्कीभित्र लुकाइ राखिएको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सिम्रौनगढ नगरपालिका–३ निवासी ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहारका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दामलाई पक्राउ गरिएको छ।

प्रहरीले बागमती प्रदेश नम्बर बीएडी ९२०१ को रातो कार, बा.५२ प.४५६७ नम्बरको मोटरसाइकल तथा पाँच थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077