Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नवीकरण गर्न योग्य सदस्य अब ‘स्वतः अनुमोदन’, कांग्रेसले समयसीमा पनि बढायो

नवीकरण गर्न योग्य सदस्य अब ‘स्वतः अनुमोदन’, कांग्रेसले समयसीमा पनि बढायो

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता प्राप्त तथा नवीकरणका लागि योग्य सदस्यलाई तोकिएको समयसीमाभित्र वडा तहबाट प्रक्रिया पूरा नभए पनि केन्द्रीय तहबाट स्वतः अनुमोदन गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले समयसीमाभित्र वडा तहबाट काम सम्पन्न नभएका योग्य सदस्यहरूको हकमा केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकले इन्टरनेट पहुँच कमजोर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी पालिकाहरू तथा क्रियाशील सदस्यता अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङ जिल्लाका लागि असार ७ गतेसम्मको समय थप गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिका लागि क्रियाशील सदस्यता अद्यावधिक कार्य असार १० गतेसम्म कायम रहने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

यसैगरी, क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ सदस्यता वितरणको अन्तिम मिति असार २० गतेसम्म तोकिएको छ। 

n1-1781362190.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077