काठमाडौं । भारतीय सरकारले लेफ्टिनेन्ट जनरल धीरज सेठलाई नयाँ भारतीय सेना प्रमुख नियुक्त गरेको छ ।
शनिबार गरिएको निर्णयअनुसार हाल उप–सेनाध्यक्षका रूपमा कार्यरत सेठले वर्तमान सेनाध्यक्ष उपेन्द्र द्विवेदीको अवकाशपछि जिम्मेवारी सम्हाल्नेछन् ।
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ३० जुनमा अवकाशमा जानेछन्। त्यसपछि लेफ्टिनेन्ट जनरल सेठले ३० जुनमै भारतका ३१औँ सेनाध्यक्षका रूपमा शपथ लिने कार्यक्रम रहेको छ। उनको कार्यकाल ३१ अगस्त २०२८ सम्म रहनेछ।
सेठले २० डिसेम्बर १९८६ मा भारतीय सेनामा सेवा प्रवेश गरेका थिए। करिब चार दशक लामो सैन्य करियरमा उनले विभिन्न महत्वपूर्ण कमान्ड तथा जिम्मेवारी सम्हालिसकेका छन्।
सैन्य पृष्ठभूमि भएका सेठका पिता कृष्णमोहन सेठ पनि भारतीय सेनामा उच्च पदमा कार्यरत थिए र लेफ्टिनेन्ट जनरल पदबाट अवकाश प्राप्त गरेका थिए।