Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतीय सेना गोर्खा राइफल्स रेजिमेन्ट ९ का कर्णेल उपरथी कक्कर स्वदेश फिर्ता

काठमाडौं । भारतीय सेना गोर्खा राइफल्स रेजिमेन्ट ९ का कर्णेल उपरथी आलोक कक्करको नेपाल भ्रमण सम्पन्न भएको छ । यही असोज ८ गते छ दिने भ्रमणका लागि काठमाडौं आएका मध्यउत्तर प्रदेश सब एरियाका जनरल कमाण्डिङ अफिसरसमेत रहेका कक्कर आज भ्रमण सकेर फर्किएका हुन् ।

असोज ८ गते काठमाडौं ओर्लिएका उपरथी कक्करलाई नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमितकुमार शर्मा र भारतीय राजदूतावासका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । कक्करले पोखरामा आयोजित एक ¥याली कार्यक्रमकाबीच वीरता पुरस्कार विजेता गोर्खा सैनिक र वीर नारीलाई सम्मान गरेको भारतीय राजदूतावास काठमाडौंले जनाएको छ ।

त्यस्तै उपरथी कक्करले भोेजपुरमा निर्मित भूपू सैनिक कल्याणकारी स्वास्थ्य कार्यक्रम (इसिएचएस) टाइप ई पोलिक्लिनिक (मोबाइल मेडिकल युनिट) को काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन पनि गरेका थिए । यो पोलिक्लिनिक भोजपुरको दुर्गम क्षेत्र र वरपर बसोबास गर्ने भूपू भारतीय सैनिक र उनीहरुका परिवारका लागि महत्वपूर्ण हुने राजदूतावासको विश्वास छ ।

यस पोलिक्लिनिकले सुदूरपूर्व क्षेत्रका ५ हजार भन्दा बढी भूपू भारतीय सैनिक र उनीहरुका परिवारलाई स्वास्थ्य सेवाप्रदान गर्ने राजदूतावासले जनाएको छ । कक्करको सफल एवम् फलदायी नेपाल भ्रमण भएको राजदूतावासको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077