Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अनिल चौहान भारतीय सेनाको ‘चिफ अफ डिफेन्स स्टाफ’ नियुक्त

एजेन्सी। भारत सरकारले लेफ्टिनेन्ट जनरल अनिल चौहान (सेवानिवृत्त) लाई चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) को रूपमा नियुक्त गरेको छ।

सीडीएस जनरल बिपिन रावतको मृत्युपछि यो पद खाली थियो। रावतको गत डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

चौहानले भारत सरकारको सैन्य मामिला विभागमा सचिवको रूपमा पनि काम गर्नेछन्।

४० वर्षभन्दा लामो करियरमा लेफ्टिनेन्ट जनरल अनिल चौहानसँग जम्मु र कश्मीरदेखि उत्तर-पूर्वी भारतसम्म आतंकवाद विरोधी अभियानको अनुभव छ।

सूचना तथा प्रसारण मन्त्रालयका अनुसार उनको जन्म १८ मे १९६१ मा भएको थियो । उनी सन् १९८१ मा भारतीय सेनाको ११ गोर्खा राइफल्समा भर्ती भएका थिए ।

लेफ्टिनेन्ट जनरल अनिल चौहान खडकवासलाको नेशनल डिफेन्स एकेडेमी र इन्डियन मिलिटरी एकेडेमी, देहरादूनका पूर्व छात्र हुन्।

मेजर जनरलको पदमा रहँदा उनले उत्तरी कमाण्डको महत्वपूर्ण बारामुल्ला सेक्टरमा इन्फन्ट्री डिभिजनको कमाण्ड गरेका थिए।

लेफ्टिनेन्ट जनरलको रूपमा, उनले उत्तर पूर्वमा एक कोरको कमाण्ड गरे। त्यसपछि उनी सेप्टेम्बर २०१९ मा पूर्व कमाण्डको जनरल अफिसर कमाण्डिङ-इन-चीफ बने।

उनले सन् २०२१ को मे महिनामा सेवानिवृत्त नभएसम्म यो पद सम्हालेका थिए।

लेफ्टिनेन्ट जनरल अनिल चौहान (सेवानिवृत्त) लाई परम विशिष्ट सेवा पदक, उत्तम युद्ध सेवा पदक, अति विशिष्ट सेवा पदक, सेना पदक र विशिष्ट सेवा पदक प्रदान गरिएको छ। जनरल विपिन रावत पहिलो सीडीएस थिए।

भारतको पहिलो सीडीएस जनरल बिपिन रावत थिए, जसलाई १ डिसेम्बर २०१९ मा भारतको पहिलो सीडीएसको रूपमा नियुक्त गरिएको थियो । १ जनवरी २०२० मा उनले पदभार ग्रहण गरेका थिए ।

गत वर्ष डिसेम्बर ८ मा तमिलनाडुको वेलिंग्टनस्थित डिफेन्स सर्भिस स्टाफ कलेज जाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा उनी र  श्रीमतीसहित १४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077