Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

लैनचौर प्रहरीमा घुसकाण्ड : सई निलम्बित, डीएसपीलाई धक्का

लैनचौर प्रहरीमा घुसकाण्ड : सई निलम्बित, डीएसपीलाई धक्का

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । उपत्यकाका वृत्तमध्ये सबैभन्दा आकर्षक मानिने प्रहरी वृत लैनचौरमा घुसकाण्ड मच्चिएको छ ।

वृत्तका सई गणेश भट्टले घुस लिएको भिडियो सार्वजनिक भएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले निलम्बन गरेको छ। 

स्रोतका अनुसार भट्टले एक क्लबबाट पाँच हजार घुस लिएका थिए। सो क्लबका सञ्चालकले नै त्यसको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेपछि छानबिन सुरु भएको थियो ।

छानबिनको क्रममा घुस लिएको पुष्टि भएपछि उनी निलम्बनमा परेका हुन् । सई भट्ट क्युआरटीमा कार्यरत छन्। नर्सिङचोक नजिकै रहेको सो क्लबले भारतीय पर्यटकलाई ठगी आरोप लागेको थियो ।

त्यो विषयमा उजुरी परेपछि सई भट्टको टोली क्लबमा पुगेर थर्काएका थिए । क्लबका सञ्चालकले सई भट्टलाई भेट्न बोलाएर घुस दिए ।

त्यसको उनले गोप्य रुपमा भिडियो खिचेर सार्वजनिक गरेका  हुन्।  यो घटनाले वृत्तका डीएसपी चक्रबहादुर शाहलाई पनि धक्का लागेको छ।

उनले परिचालन गरेका घुमुवाले पनि ठमेलमा गलत काम गर्नेलाई संरक्षण गर्ने र असल काम गर्नेलाई दुःख दिने गरेका उजुरी बढेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077