काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य तत्कालका लागि यथावत राख्ने निर्णय गरेको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य घटेर आए पनि उपभोक्ता मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरिएको हो।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावलाई कारण देखाउँदै हालको मूल्य प्रणालीलाई नै निरन्तरता दिने निर्णय गरेको जनाएको छ।
निगमका अनुसार स्वचालित मूल्य समायोजन प्रणालीअनुसार मूल्य घटाउनुपर्ने अवस्था भए पनि हालको अस्थिर बजार परिस्थितिका कारण तत्काल समायोजन नगरिएको हो।
नयाँ निर्णय असार २ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ। निर्णयअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु. २१७ र डिजेल तथा मट्टितेलको मूल्य रु। २२५ कायम रहनेछ।
त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य रु. २१६ तथा डिजेलरमट्टितेल रु. २२४ तोकिएको छ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु. २१४.५० तथा डिजेलरमट्टितेल रु. २२२.५० यथावत रहने निगमले जनाएको छ।