Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगमलाई १५ दिनमै ७ अर्ब ८१ करोड घाटा हुने, मूल्य के हुन्छ ?

आयल निगमलाई १५ दिनमै ७ अर्ब ८१ करोड घाटा हुने, मूल्य के हुन्छ ?

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा ठूलो आर्थिक दबाबमा परेको जनाएको छ।

निगमले सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै वास्तविक अवस्था सार्वजनिक गरेको हो।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट मार्च ३१ मा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको खरिद लागत उल्लेखनीय रूपमा बढेको छ। तर, स्वदेशमा बिक्री मूल्य तुलनात्मक रूपमा कम राखिँदा निगमले निरन्तर घाटा व्यहोर्नुपरेको जनाएको छ।

निगमको विवरणअनुसार हाल पेट्रोलमा प्रतिलिटर करिब २.३२ रुपैयाँ घाटा रहेको छ भने डिजेलमा प्रतिलिटर ८८ रुपैयाँ घाटा छ।

यस्तै, मट्टितेलमा ३६.७० रुपैयाँ घाटा हुँदा एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँभन्दा बढी घाटा भइरहेको निगमले जनाएको छ।

पछिल्लो १५ दिनको अवधिमा पेट्रोल, डिजेल र एलपी ग्यासको बिक्रीबाट मात्रै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको निगमको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077