Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोल–डिजेल सस्तो, हवाई इन्धन र एलपी ग्यास महँगियो

पेट्रोल–डिजेल सस्तो, हवाई इन्धन र एलपी ग्यास महँगियो

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल र डिजेलको भाउ घटाएको छ।

निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको हो।

नयाँ समायोजनपछि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २१४.५० रुपैयाँ, दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा २२२.५० रुपैयाँ, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ तोकिएको छ।

यता हवाई इन्धनतर्फ भने मूल्य बढाइएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ अमेरिकी डलर ४६ ले मूल्य बढाइएको निगमले जनाएको छ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिशिलिन्डर १५० रुपैयाँ बढाइएको छ ।

समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्नेछ । त्यस्तै ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077