Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिजेल–मट्टितेलको आजदेखि नयाँ मूल्य, पेट्रोलको यथावत्

डिजेल–मट्टितेलको आजदेखि नयाँ मूल्य, पेट्रोलको यथावत्

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले गए रातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यसूचीअनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच वृद्धि गरिएको छ । 

परिवर्तित मूल्यअनुसार, डिजलरमट्टीतेलको प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ । तर पेट्रोलको भने यथावत् राखिएको निगमले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077