काठमाडौं । ठमेलबाट डेढ किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अफ्रिकी मुलुक सेनेगलका नागरिक ४३ वर्षीय अमदोउ सार, भारतीय नागरिक ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार तीनै जनालाई काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको हो।
ब्युरोका अनुसार दुई भारतीय महिला उक्त लागुऔषध बुझ्न जाँदा पक्राउ परेका हुन्।
सार २६ जेठमा कतार एयरको जहाजमा इथियोपिया-दोहा हुँदै काठमाडौं आएका थिए। उनले ७६ वटा क्याप्सुल कोकिन मुखबाट निलेर काठमाडौं आएका थिए। प्रहरीले उनको पेटभित्र रहेका कोकिनका क्याप्सुल चिकित्सकको सहयोगमा निकालेको थियो।
बरामद कोकिन जम्मा १ किलो ५०० ग्राम रहेको छ। सोको मूल्य करिब नेपाली आठ करोड रुपैयाँ हुन आउने अनुमान छ।
ब्युरोका अनुसार ती दुई भारतीय महिला आफ्नो देश कोकिन लैजान काठमाडौं रिसिभ गर्न आएका हुन्। ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ।