Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

साढे पाँच किलो अफिमसहित पोखराबाट तीनजना पक्राउ

कास्की । प्रहरीले पोखराबाट झन्डै ६ किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पूर्वी रूकुम पुथाउत्तरगंगा गाउँपालिका– २ का ४१ वर्षीय दिपेश पुन, सोही गाउँपालिका वडा नम्बर– १ का ४० वर्षीय विराज पुन र बागलुको निसीखोला गाउँपालिका– ५ का तेजेन्द्रबहादुर पुन छन् । उनीहरुको साथबाट प्रहरीले ५ किलो ७ सय ग्राम अफिम बरामद गरेको छ ।

कास्की प्रहरीका अनुसार लागुऔषध यिनयन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार राती १० बजे पोखरा–२५ हेमजाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

सडकमा बेच्न हिँडिरहेको अवस्थामा दिपेश पुनलाई अफिमसहित र खरिद बिक्रीमा संलग्न भएको भन्दै तेजेन्द्र र विराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अफिमसहित उनीहरूसँग भएको तीन वटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ । उनीहरूलाई लागुऔषध कसुरमा मुद्दा अनुसन्धान गर्न अदालतले २० दिन म्याद अनुमति दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077