Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्जेन्टिनामा विषाक्त कोकिनको सेवनबाट मृत्यु हुनेको संख्या २३ पुग्यो, ८४ जना अस्पताल भर्ना

एजेन्सी । अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ ।

अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ । विज्ञहरू कोकिनमा मिसाइएको पदार्थ पत्ता लगाउन प्रयास गरिरहेका छन्।

अधिकारीहरूले यसमा मुसाको विष परेको हुन सक्छ भन्ने कुरालाई अस्वीकार भने गरेका छैनन् । ब्युनस आयर्सका सुरक्षा मन्त्री सर्जियो बर्नीले पछिल्लो २४ घण्टाभित्र कोकिन किनेका मानिसहरूलाई फ्याँक्न आग्रह गरेका छन्।

अर्जेन्टिना प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको र थुप्रै संदिग्ध व्यक्तिहरूलाई हिरासतमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077