काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित तस्बिरमार्फत अपशब्द प्रयोग गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गल निवासी ६१ वर्षीय प्रद्युम्न श्रेष्ठ रहेका छन् ।
नेपाल प्रहरी साइबर ब्यूरो बाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनीमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अपमानजनक सामग्री प्रकाशन गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार श्रेष्ठविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत बाट चार दिनको म्याद थप अनुमति प्राप्त भइसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए।