Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईश्वर पोखरेलको दाबी- देशलाई सही ट्रयाकमा ल्याउन एमालेलाई जिताउन आवश्यक

ईश्वर पोखरेलको दाबी- देशलाई सही ट्रयाकमा ल्याउन एमालेलाई जिताउन आवश्यक

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं। नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई तिव्र पारेका छन्।

काठमाडौ निर्वाचन क्षेत्र ५ का उम्मेदवार समेत रहेका पोखरेलले बुधबार टोखामा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै एमालेलाई देश निर्माणतर्फ अग्रसर राजनीतिक शक्ति भएको दाबी गरेका छन् । 

उनले भने- ‘फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउन देशभर एमालेको जित अत्यावश्यक छ ।’

मुलुकलाई विकासको मार्गमा अघि बढाउन आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

साथै उनले पार्टीका कार्यकर्ता तथा समर्थकलाई जनतामाझ पुगेर नीतिगत कार्यक्रम र एजेन्डाबारे जानकारी गराउन आग्रह गर्दै नागरिकका गुनासा, सुझाव र समस्यालाई प्राथमिकताका साथ सुन्ने तथा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077