Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईश्वर पोखरेलको चेतावनी - कसैलाई काखा, कसैलाई पाखा गरे परिणाम अप्रिय हुनसक्छ

ईश्वर पोखरेलको चेतावनी - कसैलाई काखा, कसैलाई पाखा गरे परिणाम अप्रिय हुनसक्छ

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धी नेता ईश्वर पोखरेलले पार्टीभित्र विगतका दुर्भाग्यपूर्ण अध्याय दोहोरिन नदिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेतृत्वबाट सबै नेता–कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान र समान व्यवहारको अपेक्षा गर्ने बताएका हुन् ।

पोखरेलले कसैलाई काखा कसैलाई पाखा नगरियोस् भन्ने आशा र अपेक्षा सबैको हुने उल्लेख गरे । तर नेतृत्वले समान र सम्मानजनक व्यवहार गर्न नसके त्यसले अप्रिय र नोक्सानदायी परिणाम ल्याउन सक्ने चेतावनी पनि दिए।

उनले महाधिवेशनका क्रममा समूह बनेर प्रतिस्पर्धा हुँदा पार्टी जीवनको लोकतान्त्रिकरणसँग सम्बन्धित केही नीतिगत अडान र मुद्दा उठाइएको स्मरण गराउँदै ती विषय ‘अवधारणा पत्र’का रूपमा सार्वजनिक गरिएको र बन्द सत्रमा समेत प्रस्तुत भइसकेको बताए। 'लुकाइरहनुपर्ने केही छैन' भन्दै उनले नेतृत्वले सबैलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिए।

पोखरेलले महाधिवेशनपछि आफूले गरेको भेलाबाट अनावश्यक रूपमा तरंगित नहुन पनि आग्रह गरेका छन्। महाधिवेशनमा उठेका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहका नेताबीच भएको सामान्य भेटघाट र बिदाइ छलफललाई लिएर केही नेताहरू असहज बनेकोप्रति उनले ध्यानाकर्षण भएको बताए।

विगतमा पार्टीभित्रका बहस र विवादले नकारात्मक तथा नोक्सानदायी परिणाम भोग्नुपरेको इतिहास स्मरण गर्दै उनले भने, 'त्यसले सिर्जना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म त्रसित छौं। तर अहिले पनि त्यही ‘भूत’ बाट तर्सिरहनु कति उचित हुन्छ ?'

उनले स्पष्ट रूपमा दोहोर्याए, 'विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन, हुन दिइने छैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077