काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि पोखरेलले टोखा नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
पोखरेलले उम्मेदवारी दिएकै क्षेत्रमा नेपाली कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन् ।
अहिले देशका १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता भइरहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्मको समय तोकिएको छ ।