Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईश्वर पोखरेल पक्ष भेलाको निष्कर्ष - पार्टी पुनर्गठनदेखि नेतृत्व हस्तान्तरणसम्मका मुद्दा निरन्तर उठाइने

ईश्वर पोखरेल पक्ष भेलाको निष्कर्ष - पार्टी पुनर्गठनदेखि नेतृत्व हस्तान्तरणसम्मका मुद्दा निरन्तर उठाइने

शनिवार , पौष ५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा उठाइएका मुद्दाहरूलाई पार्टीको विधि–विधानभित्र रहेर निरन्तर उठाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको भेलाले पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतान्त्रीकरणलाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

भेलापछि जानकारी दिँदै एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीका विभिन्न तहमा आफ्ना विचार र एजेन्डालाई छलफलमा लैजाने निर्णय गरिएको बताए।

मतपरिणामका कारण विचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने भूमिकामा सक्रिय रहने अठोट गरिएको उनले उल्लेख गरे।

उनका अनुसार प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्म भएका गतिविधिले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको भन्दै भेलाले चिन्ता व्यक्त गरेको छ। पार्टी संरचनाको दुरुपयोग भएको र यसले आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाएको निष्कर्ष भेलाले निकालेको भट्टराईले बताए।

भेलाले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने कुनै प्रस्ताव आए कडा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ। साथै, पार्टीभित्र कुनै पनि अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट अडान पनि भेलाले लिएको उनले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077