Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईश्वर पोखरेल भन्छन् - पार्टीलाई उचित ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ

ईश्वर पोखरेल भन्छन् - पार्टीलाई उचित ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् ।

महाधिवेशनको बन्द सत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको बताएका हुन्।
पोखरेलले काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित गर्ने पक्षमा उभिन आह्वान पनि गरे।

पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने- 'आन्तरिक प्रतिस्पर्धाको कुरा स्वभाविक हो। हिजो भूमिगत हुँदा पनि आन्तरिक प्रतिस्पर्धा हुन्थ्यो, अर्को कुरा मेरो उम्मेदवारी किन भन्दा थप राम्रो गर्नका लागि हो । म आमकार्यकर्ता र विशेषगरी प्रतिनिधि भएर आउनुभएका साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने पार्टीलाई पुनर्गठित गर्न आवश्यक छ। विचारमा पुनर्व्यवस्थित, संगठनमा पुर्व्यवस्थित, नेतृत्वमा पुनर्व्यवस्थित र कार्यशैलीमा पुनर्व्यवस्थित गर्नुपर्नेछ।'

एमाले महाधिवेशनमा अध्यक्षमा उम्मेदवार ईश्वर पोखरेलले चुनावमा प्रतिस्पर्धाको कुरा स्वाभाविक भएको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077