Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा, ओलीलाई सहज निकास दिन आग्रह

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा, ओलीलाई सहज निकास दिन आग्रह

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनमा अध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा ९एमाले०लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।'

गत बिहीबार महाधिवेशन तयारीबारे छलफलका लागि पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा उनले अध्यक्षको उम्मेदवार बन्ने अध्यक्ष केपी ओलीसहित नेताहरूलाई औपचारिक जानकारी गराएका थिए । बैठकमा उनले अध्यक्ष ओलीले तेस्रो कार्यकाल पनि नेतृत्व लिँदा पार्टी कमजोर बन्ने जिकिर गर्दै औपचारिक रूपमा बिदा लिएर सर्वसम्मत अध्यक्ष बनाउने काममा सहयोग गर्न समेत आग्रह गरेका थिए ।

जवाफमा ओलीले भने अहिले राष्ट्र र पार्टीको आवश्यकताले गर्दा फेरि पनि अध्यक्ष बन्नुपर्ने अवस्था रहेको भन्दै सर्वसम्मतिको अवस्था नबने स्वस्थ प्रतिस्पर्धालाई भने आफूले अन्यथा ढंगले नलिने बताएका थिए ।

दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल ०३२ मा स्थापित कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य हुँँदै करिब ५० वर्षदेखि लगातार केन्द्रीय कमिटीमा छन् ।

महाधिवेशन प्रतिनिधि छनौटपछि प्यानल घोषणा गर्ने पोखरेलको तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077