Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बहालवाला सभापतिलाई हराउँदै रास्वपा गण्डकीको नेतृत्वमा त्रिपाठी

बहालवाला सभापतिलाई हराउँदै रास्वपा गण्डकीको नेतृत्वमा त्रिपाठी

शनिवार , जेठ ३०, २०८३

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको नयाँ सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । उनले बहालवाला प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य राजन गौतमलाई पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

शुक्रबार रातिदेखि सुरु भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा त्रिपाठीले २ सय ३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राजन गौतमले १ सय ८२ मत ल्याए। सभापतिका अन्य उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरे।

रास्वपाको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै आवश्यक मत कटाउँदै स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्।

यसैबीच, गण्डकी प्रदेश समितिका सदस्य पदका लागि ५१ जनाको उम्मेदवारी परेको थियो। विभिन्न क्लस्टरबाट कुल ३३ जना प्रदेश सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। क्षेत्रगत सदस्यतर्फ २८ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १८ निर्वाचन क्षेत्रबाट एक–एक जना निर्वाचित हुनेछन् भने समावेशी सदस्यतर्फ २३ जनाले उम्मेदवारी दिएका थिए।

प्रदेश सदस्य पदमा भने १२ जना निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रगततर्फ बागलुङ–१ की मिना शर्मा आचार्य, गोरखा–१ का मनोज गुरुङ, गोरखा–२ का बलबहादुर घले, लमजुङका विजय पराजुली, म्याग्दीका ताराबहादुर कार्की तथा तनहुँ–१ का सूर्यमणि पौडेल निर्विरोध चयन भएका छन्।

समावेशी सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन्। यस्तै मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा तथा अपाङ्गता भएका खसआर्य समूहबाट यदुनाथ सिग्देल पनि निर्विरोध चयन भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077