Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बालेनप्रति भारत खुसी छैन, रविलाई नेपालको नेतृत्वमा देख्न चाहन्छ : बादल

बालेनप्रति भारत खुसी छैन, रविलाई नेपालको नेतृत्वमा देख्न चाहन्छ : बादल

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत खुशी नरहेको बताएका छन् ।

शुक्रबार एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले भारत बालेनसँग खुसी नरहेको बताउँदै रवि लामिछानेले नेपालको नेतृत्व गरुन् भन्ने चाहेको धारणा राखे ।

उनका अनुसार, हालको राजनीतिक परिदृश्यमा बाह्य शक्तिहरू नेपालको विद्यमान नेतृत्वसँग सन्तुष्ट नरहेको संकेत देखिएको छ र नयाँ नेतृत्व निर्माणमा चासो राखिरहेको अवस्था छ ।

थापाले रास्वपा सभापतिको हालैको भारत भ्रमणलाई उदाहरण दिँदै त्यहाँ उनलाई प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार तथा सत्तारूढ दलका उच्च नेताहरूले गरेको भव्य स्वागतलाई असामान्य रूपमा व्याख्या गरे ।

“एउटा पार्टीको अध्यक्षलाई यसरी उच्चस्तरीय स्वागत गरिनु सामान्य होइन,” थापाले भने, “यसको राजनीतिक अर्थ उनीहरू वर्तमान नेतृत्वसँग सन्तुष्ट छैनन् र नेपालमा नयाँ नेतृत्व स्थापित गर्न चाहन्छन् भन्ने संकेत हो।”

उनले यस्तो गतिविधिलाई नेपालको आन्तरिक राजनीतिक नेतृत्व परिवर्तनसँग जोडेर विश्लेषण गर्नुपर्ने धारणा राख्दै बाह्य शक्तिहरू वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेको संकेत देखिएको टिप्पणी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077