Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली-थापाबारे रास्वपा सांसदको टिप्पणी: भूतले छलेको छ, झाँक्रीको व्यवस्था गरिदिनुपर्‍यो

ओली-थापाबारे रास्वपा सांसदको टिप्पणी: भूतले छलेको छ, झाँक्रीको व्यवस्था गरिदिनुपर्‍यो

बुधवार , चैत्र २५, २०८२

काठमाडौं। रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललाई भूतले छलेको भन्दै भूत झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने टिप्पणी गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुरुषोत्तम सुप्रभात यादवले यस्तो टिप्पणी गरेका हुन् । 

उनले भने- 'जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोडदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। आज कारागारको ढोका भित्र हुनुपर्ने अपराधी हस्पिटलको बेडमा छ। त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदै छ।'

सांसद यादवले कारागारको ढोका भित्र हुनुपर्ने अपराधी हस्पिटलको बेड बसेर आफना कुविचार सदनसम्म पठाइरहेका बताए ।

जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका एमाले अध्यक्षसमेत रहेका ओली पक्राउ परेदेखि नै टिचिङ अस्पतालमा उपचाररत छन् । सोहिलाई लक्षित गर्दै यादवले यस्तो भनेका हुन् ।

साथै उनले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार जेन जेड रक्त रञ्जित आन्दोलनको बलिदान माथि बनेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077