Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सांसद यादवलाई सूर्य थापाले भने - रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?

रास्वपा सांसद यादवलाई सूर्य थापाले भने - रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवमाथि कडा आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा ‘बादल’लाई लक्षित गर्दै ‘भूतले छलेको’ भन्दै व्यंग्य गरेका थिए । उनले सरकारसँग ‘भूत झार्ने झाँक्री’को व्यवस्था गर्न मागसमेत गरेका थिए।

यादवले भनेका थिए,'जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले सरकारसँग जोडदार माग गर्छु—भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। आज कारागारमा हुनुपर्ने अपराधी अस्पतालको बेडमा छ र त्यहीँबाट कुविचार सदनमा पठाइँदैछ।'

यस अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउँदै एमाले नेता सूर्य थापाले यादवमाथि गम्भीर आरोप लगाएका छन् । उनले यादवलाई आगजनी, रक्तपात र विध्वंसका घटनामा जिम्मेवार हुनुपर्ने बताए ।

थापाका अनुसार, माइतीघर क्षेत्रमा भदौ २३ गते हुने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने व्यक्ति स्वयं यादव नै थिए।

उनले प्रश्न उठाउँदै भने,'संसद् भवनमा आक्रमण र आगजनी गर्न युवालाई किन उक्साइयो ? कसको इशारामा लगियो ? यस्ता गतिविधिको छानबिन किन भइरहेको छैन ?'

थापाले थप आक्रामक शैलीमा यादवमाथि प्रश्न तेर्स्याउँदै रक्तपात, लुटपाट र विध्वंसको जिम्मेवारी लिनुपर्ने मागसमेत गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077