Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली लक्षित सांसद यादवको आक्रोश – कारागार भित्र हुनुपर्ने अपराधी हस्पिटलको बेडमा छ

ओली लक्षित सांसद यादवको आक्रोश – कारागार भित्र हुनुपर्ने अपराधी हस्पिटलको बेडमा छ

भूत झार्ने झाँक्रीको व्यवस्था गरिदिनुपर्‍यो

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम सुप्रभात यादवले जेनजी आन्दोलनको माग, न्याय, समानता र अधिकार कसैले कहिल्यै पनि बिर्सिन नहुने बताएका छन्। 

प्रतिनिधि सभाको बैठकमा बोल्दै बालेन शाह नेतृत्वको सरकार जेनजी रक्त रञ्जित आन्दोलनको बलिदान माथि बनेको बताउँदै जेनजी घाइतेहरूको रोजगारी सुनिश्चित कहिले हुन्छ र कहिले मृतक परिवारले न्याय पाउँछन् ? भन्दै प्रशन गरे । 

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललाई भूतले छलेको भन्दै भूत झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने टिप्पणी गरे।

उनले भने–‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोडदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। आज कारागारको ढोका भित्र हुनुपर्ने अपराधी हस्पिटलको बेडमा छ। त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदै छ।’

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादलले’ रास्वपाको बहुमत आउनुमा शुशिला कार्की नेतृत्वको सरकार, बारबरा फाउण्डेसन, टीओबी समूह, नेपाली सेनालगायतको हात रहेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिका बारेमा एमालेले नै भोलीपल्ट सच्याउनु परेको थियो भने बादल पनि जे लेखेर दिए त्यहि पढेँ भन्दै पानीमाथिको ओभानो बनेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077