Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

शुक्रवार , जेठ २९, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

उनले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताएका हुन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्‍याउनु भएको बीबीसीले जनाएको छ ।

सहमति सम्बन्धी दस्ताबेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ । 

यो सहमति भएपछि विश्वकै महत्त्वपूर्ण पेट्रोलियम ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने समेत उनले बताए । तर इरानले भने ट्रम्पको दाबीलाई तत्काल स्वीकार गरेको छैन ।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताए । अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप समेत लगाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077