Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । 

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा आंशिक बादल लागेको छ।

लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा कोशी, बागमती र गण्डकीको एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077