Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज यी ६ प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

आज यी ६ प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

शनिवार , जेठ २३, २०८३

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ ।

बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेशलगायत देशको हिमाली भूभागको थोरै स्थानहरू, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भूभागका एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077