Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१८ सहसचिवको सरुवा र पदस्थापन, १३ जिल्लाका सीडीओ फेरिए

१८ सहसचिवको सरुवा र पदस्थापन, १३ जिल्लाका सीडीओ फेरिए

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । गृह मन्त्रालयले एकै पटक १६ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले १६ जनाको सरुवा गर्दा दुईजनाको भने पदस्थापन गरेको हो । 

सरुवामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। 

सरुवा सूची अनुसार कास्कीमा कुमान सिंह गुरुङ, स्याङजामा निराजन घिमिरे, धादिङमा लक्ष्मी पाण्डे गौतम, संखुवासभामा ईश्वरी प्रसाद अर्याल, पाल्पामा भविश्वर पाण्डे, नवलपरासी पश्चिममा जगदिश्वर उपाध्याय, सप्तरीमा श्यामकृष्ण थापा, धनकुटामा रुद्रादेवी शर्मा, उदयपुरमा मेघबहादुर मंग्रान्तीको सरुवा भएको छ। 

त्यसैगरी, ओलखढुंगामा टुवराज पोखरल, सर्लाहीमा विजयराज सुवेदी, रामेछापमा बिनु बज्राचार्य कुँवर, सुर्खेतमा धर्मराज जोशीलाई सीडीओको जिम्मेवारी दिइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा सिर्जना थपलियालाई पठाइएको छ भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको विभागको महानिर्देशकमा कृष्ण पौडेललाई पठाइएको छ । 

saha 1.jpg

saha 2.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077