Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा औपचारिक रूपमा सुरु भयो उबरको राइड–शेयरिङ सेवा

नेपालमा औपचारिक रूपमा सुरु भयो उबरको राइड–शेयरिङ सेवा

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । विश्वकै चर्चित राइड–शेयरिङ एप ‘उबर’ ले नेपालमा आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ । 

राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै उबरले चारपांग्रे र दुईपांग्रे दुवै श्रेणीमा आफ्नो सेवा सुरु भएको जानकारी दिएको हो ।

चारपांग्रे सवारीतर्फ उबर गो (Uber Go) र उबर कम्फर्ट (Uber Comfort) सेवा उपलब्ध गराइएको छ भने दुईपांग्रेतर्फ उबर बाइक (Uber Bike) सेवा सुरु गरिएको छ ।

नेपालमा सेवा विस्तार भएसँगै उबरको विश्वव्यापी सञ्जाल ७० भन्दा बढी देशमा पुगेको छ । 

अब काठमाडौंमा यात्रा गर्ने स्थानीय बासिन्दादेखि अन्तर्राष्ट्रिय पर्यटकहरूले एउटै परिचित एपमार्फत सहजै सवारी साधन बुक गर्नसक्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा उबरका एसिया प्यासिफिक राइड्सका रिजनल जनरल म्यानेजर डमिनिक टेलरले नेपालको जीवन्त बजार र बढ्दो डिजिटल प्रयोगले आफूहरू उत्साहित भएको बताए । 

उनले भने–‘नेपाल हाम्रो लागि एक महत्त्वपूर्ण गन्तव्य हो । हामी यहाँको यातायातको आवश्यकतालाई सम्बोधन गर्दै नेपालको समृद्धिको कथाको हिस्सा बन्न चाहन्छौँ ।’

सन् २०१० मा स्थापना भएको उबरले हालसम्म विश्वभर ७५ अर्बभन्दा बढी राइड पूरा गरिसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077