Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

च्याउ टिप्न गएकी दुई महिलाको काल बन्यो गोदावरीको बाढी, एकको शव भेटियो

च्याउ टिप्न गएकी दुई महिलाको काल बन्यो गोदावरीको बाढी, एकको शव भेटियो

शुक्रवार , जेठ २९, २०८३

धनगढी । कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा शुक्रबार बिहान आएको आकस्मिक बाढीले दुई महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्की महिला अझै बेपत्ता रहेकी छन् ।

कैलाली प्रहरीका अनुसार गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको हो । बाढीमा बगेकी ४० वर्षीया कल्पना साउदको खोजीकार्य भने जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजे गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा आएको एक्कासी बाढीले दुई महिलालाई बगाएको सूचना प्रहरीलाई दिएका थिए।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

खोजतलासका क्रममा धमलाको शव फेला परेको हो भने बेपत्ता साउदको खोजीका लागि सुरक्षा निकाय परिचालित छन्।

प्रारम्भिक अनुसन्धानअनुसार दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा गोदावरी नदीमा अचानक आएको बाढीले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ।

हाल नदी तथा आसपासका क्षेत्रमा बेपत्ता महिलाको खोजी तीव्र पारिएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077