Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

एसियाको दक्षिण कोरियासँग हार्‍यो युरोपको चेक टोली

एसियाको दक्षिण कोरियासँग हार्‍यो युरोपको चेक टोली

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । फिफा विश्वकपमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि जित हासिल गरेको छ ।

२० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेक गणतन्त्र दक्षिण कोरियासँग २-१ गोलले पराजित भएको हो ।

खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दक्षिण कोरियाका ह्वाङ इबोनले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

८० औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको अग्रता बढाए । जितसँगै दक्षिण कोरियाले तीन अंक जोडेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077