Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

करको दर हेरफेर प्रकरण : अर्थमन्त्री वाग्लेले धम्की दिएको एमाले र नेकपाको आरोप

करको दर हेरफेर प्रकरण : अर्थमन्त्री वाग्लेले धम्की दिएको एमाले र नेकपाको आरोप

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत भएको बताएका छन् ।

शुक्रबारको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले भने–‘अर्थमन्त्रीज्यू धेरै नै आक्रोशित हुनुभयो । व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत हुनुभयो । ननसेन्स टाइपको शब्द समेत प्रयोग भएको छ । अर्मयादित धम्कीपूर्ण भाषा प्रयोग भएको छ ।’

आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा छलफल भएको थियो । साथै प्रतिनिधिसभामै पनि यो विषयमा छलफल भएको थियो ।

जवाफका क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर एमाले ठगुन्नाले यो विषय उठाएका हुन् । अर्थमन्त्रीले भनेका कतिपय विषयले दुविद्धा उत्पन्न भएको उनले बताए । पान्ना हेरफेर सहितको विषयमा संसदीय छानबिन हुनुपर्ने उनको माग थियो । 

यसैबीच नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि सांसदहरूलाई अर्थमन्त्री डा. वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गराए । 
आजको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर उनले यो विषय उठाएका हुन् ।

उनले भने–‘अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो, हिजोकाहरूको हामी छानबिन गर्ने फाइल खोज्दै छौं । हिजोकाले ७० प्रकारका हेरफेर गरे, मैले ६÷७ प्रकारको मात्रै गरेँ भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो । यो दुःखद कुरा हो । धेरै नै दुःखद कुरा हो ।’

संसदीय समितिको समेत मानमर्दन हुने गरी प्रस्तुत हुँदा संसदीय समितिको सभापतिबाट रुलिङ हुनुपर्ने माग उनले राखे । जवाफमा सभापति भरतबहादुर खड्काले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077