काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार तीन सय रुपैयाँले बढेको हो ।
जसअनुसार आज सुन तोलामा २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार भने सुन तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी पनि तोलामा ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।