Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सदनमा हर्कको रोइलो- सभामुखले रुलिङ गर्दिन भनेपछि झोला बोकेर हिँडे

सदनमा हर्कको रोइलो- सभामुखले रुलिङ गर्दिन भनेपछि झोला बोकेर हिँडे

बुधवार , जेठ १३, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक सुरुहुना साथ पर्चा देखाउँदै साम्पाङले सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्ने कि आफूलाई निष्कासन गर्न माग गरेका थिए । 

सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसद वैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ आफ्नो झोला भिरेर बैठकबाट बाहिरिएका हुन् ।

सभामुखले भने-‘यसरी रुलिङ गर्नुस् भनेर सभामुखलाई निर्देशन दिने यो प्राक्टिस छ जस्तो मलाई लाग्दैन माननीय सदस्य । माननीय सदस्यहरुको कुरा सुनिसकेपछाडि नेपालको संविधान, कानून, ऐन र हाम्रो नियमावली सबैलाई हेर्दा सभामुखले उचित ठानेमा आफूले त्यसको निर्णय लिने सभामुखको जिम्मेवारी होला । त्यसकारणले माननीय सदस्यलाई म फेरिपनि भन्छु यहाँ बस्नुस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुस् ।’

संसद नियमावलीमा संसद सञ्चालन रहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ ।

विपक्षीले सोही माग राखेर संसद अवरुद्ध गर्दै आएका छन् ।

केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए। 

त्यसैबीच मंगलबारको बैठकमा आकस्मिक समय, विशेष समय र शून्य समयको कार्यक्रम सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा आउने जानकारी सत्तापक्षले नदिए आजको बैठक पनि विपक्षीहरुले अवरुद्ध गरेका थिए । अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा अनौपचारिक छलफल भएको थियो।

प्रधानमन्त्री आउने दिनसम्मका लागि संसद् बैठकमा विरोध नगर्ने दुवै पक्षबीचको सहमतिपछि अहिले सदनको काम कारबाही अघि बढेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077