Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानबाट दुर्गा प्रसाईँलाई ढुंगा बोक्ने निम्तो- ढुङ्गा बोक्न आउनु, देशले रगत होइन पसिना मागेको छ !

धरानबाट दुर्गा प्रसाईँलाई ढुंगा बोक्ने निम्तो- ढुङ्गा बोक्न आउनु, देशले रगत होइन पसिना मागेको छ !

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नेपालमा आन्दोलन नभइ श्रम संस्कृतिको खाँचो रहेको बताएका छन् ।

मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सुझाव दिँदै आन्दोलन भन्दा पनि श्रम संस्कृतिको आवश्यक्ता रहेको बताए ।

श्रम संस्कति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले आज सामाजिक सञ्जालमा लेख्दै देशले आन्दोलन र रगत नमागेको बरु पसिना मागेको बताए ।

‘ उनले लेखेका छन्- 'दुर्गा प्रसाइँ जी‘ अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ ! रगत होइन पसिना मागेको छ माटोले ! म त घरघडी माटो सङ्ग बात मार्छु ’ तपाइँ पनि ढुङ्गा बोक्न आउनु है ! मिलेर देश बनाऔँ !'

साथै श्रमका लागि प्रसाईँलाई ढुंगा बोक्न आउन समेत आग्रह गरेका छन् ।

गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाबाट स्वतन्त्रबाट मेयर बनेपछि साम्पाङले श्रम संस्कृति अभियानलाई जोड दिँदै आइरहेका छन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077