Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंमाथि अनुसन्धान जारी, पर्सा अदालतबाट ४ दिन म्याद थप

दुर्गा प्रसाईंमाथि अनुसन्धान जारी, पर्सा अदालतबाट ४ दिन म्याद थप

बिहिवार , जेठ ७, २०८३

वीरगञ्ज । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं माथिको अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले थप चार दिन म्याद दिएको छ।

बिहीबार पर्सा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्सा लाई प्रसाईंमाथि अनुसन्धान जारी राख्न थप चार दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीले उनलाई जेठ ४ गते सोमबार राति ‘जरुरी पक्राउ पुर्जी’का आधारमा नियन्त्रणमा लिएको थियो।

पक्राउपछि अदालतबाट यसअघि तीन पटक म्याद थप भइसकेको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति, गतिविधि तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077