Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

बुधवार , जेठ ६, २०८३

काठमाडौं। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ। 

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधीवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको हो।

प्रसाईंलाई प्रहरीले प्रक्राउ गरेपछि उनका कानुन व्यवसायी अधिवक्ता आशिष लुइँटेलले गैरकानुनी थुनामा राख्न नपाइने र थुनामुक्तको आदेश माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए।

यस्तै सर्वोच्चले दुवै पक्षलाई बहसमा बोलाउँदै प्रहरीले गरेको अनुसन्धानको फाइल सरकारी वकीलमार्फत पेश गर्नसमेत आदेश गरेको छ। 

मेडिकल व्यवसायी तथा राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक समेत रहेका प्रसाईँ सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका थिए ।

वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको उजुरीका आधारमा प्रसाईँलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्न प्रसाईंलाई हिजो मात्रै पर्सा जिल्ला अदालतमा उपस्थित गराएर  तीन दिन म्याद लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077