Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसरी- १ बाट चुनाव लड्ने मेयर हर्क साम्पाङको घोषणा

सुनसरी- १ बाट चुनाव लड्ने मेयर हर्क साम्पाङको घोषणा

बुधवार , पौष २३, २०८२

धरान। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् ।

‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !', साम्पाङले लेखेका छन् ।

मेयर साम्पाङले उठ्ने भनेको क्षेत्र २०७९ सालको निर्वाचनमा सुनसरी–१ बाट विजयी जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राईको हो । हाल राईले जसपा नेपाललाई विभाजित गरेर जसपा बनाएका छन् ।

गत निर्वाचनमा राईले १७ हजार ५९ मत पाएर विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङ १६ हजार ६ सय ६ मत पाएर निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन् । त्यसबेला तत्कालीन नेकपा (माओवादी केन्द्र) का मुक्सामहांग सुब्बाले १३ हजार ८७ मत पाएर तेस्रो भएका थिए ।

२०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् ।

पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी-१ बाटै चुनाव लड्ने बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077