काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले जेनजी प्रतिनिधिहरुप्रति कडा अरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दैै उनले विदेशी दलालका टोली आफुलाई जेनजी प्रतिनिधि भन्दै हिँडेको भन्दै आरोप लगाएका हुन् ।
फेसबुकमा उनले लेखेका छन्–‘विदेशी दलालका टोली आफुलाई जेनजी प्रतिनिधि भन्दै हिँडेका छन् १ यिनीहरु विदेशी पैसामा पालित पोषित हुन् १ सबैले बहिष्कार गरौँ १’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गसिकेको छ ।
तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । कार्कीको नेतृत्वका सरकार निर्माणमा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङले आफ्नो प्रभाव जमाएका थिए ।
जेनजी आन्दोलन अघि कुनै भूमिकामा नदेखिएका गुरुङ सरकार निर्माणमा भने एकाएक अगाडि आएका थिए ।