Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङको प्रश्न-वर्तमान सरकार जेनजीको हो कि विदेशी दलालहरुको हो ?

हर्क साम्पाङको प्रश्न-वर्तमान सरकार जेनजीको हो कि विदेशी दलालहरुको हो ?

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले वर्तमान अन्तरिम सरकार कसको हो ? भन्दै प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दैै उनले वर्तमान सरकार पुरानै दलहरुको हो कि, विदेशी दलालहरुको भन्दै प्रश्न गरेको हुन् ।

उनले फेसबुकमा लेखेका छन्–‘यो सरकार जेनजीको हो कि पुरानै दलहरुको हो ? कि विदेशी दलालहरुको हो ? लु कमेण्टमा आवोस् त १’

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारको विरोध गर्दै आएका उनले यसअघि पनि विदेशीले बनाएको सरकार कता हरायो ? भन्दै प्रश्न गरेका थिए ।

त्यतिबेला फेसबुकमा उनले लेखेका थिए–‘७४ जनालाई बलिचढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ?’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उक्त सरकारले फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गसिकेको छ ।

तर, जेनजीहरु भने आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077