Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई आधिकारिकता, पदाधिकारीमा को-को ?

हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई आधिकारिकता, पदाधिकारीमा को-को ?

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाउन लागेको छ।

पार्टीलाई आधिकारिकता प्राप्तिको प्रमाणपत्र आज (आइतबार)  आयोगबाट दिने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

साम्पाङ नेतृत्वको यस पार्टीको चुनाव चिह्न ‘माटो’ रहेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ स्वयं हुन् भने उपाध्यक्षमा देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्। पार्टीमा २८ जना केन्द्रीय सदस्य छन्।

गत असोज १२ गते आइतबार साम्पाङ स्वयं निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए। आयोगले सबै प्रक्रिया पूरा गरेपछि पार्टीलाई आधिकारिक मान्यता दिने तयारी गरेको हो।

आज साम्पाङ आफैँ दल दर्ताको प्रमाणपत्र लिन दिउँसो २ बजे निर्वाचन आयोग उपस्थित हुने उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077