Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापालाई रमेश लेखकको सुझाव - गिरिजा–देउवाजस्तै लचक बन्नुस्

गगन थापालाई रमेश लेखकको सुझाव - गिरिजा–देउवाजस्तै लचक बन्नुस्

आइतवार , जेठ १०, २०८३

धनगढी । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले गगन थापालाई पार्टीको बृहत्तर एकताका लागि पूर्वसभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले अपनाएको जस्तै लचकता देखाउन सुझाव दिएका छन् ।

संस्थापनइतर पक्षले आइतबार धनगढीमा आयोजना गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता लेखकले पार्टी एकताका लागि नेतृत्व लचिलो बन्नुपर्ने बताएका हुन्।

उनले निवर्तमान सभापति देउवाले पार्टीलाई पुर्‍याएको योगदानको सम्मान गर्नुपर्ने उल्लेख गर्दै वर्तमान नेतृत्वसँग दुईवटा मात्रै अपेक्षा रहेको बताए। 'बृहत्तर एकताका लागि हदैसम्म लचिलो हुनुपर्छ र देउवाले कांग्रेसलाई दिएको योगदान कहिल्यै बिर्सनु हुँदैन,' लेखकले भने।

लेखकले कांग्रेस विभाजन भएर कांग्रेस (प्रजातान्त्रिक) बनेको समय स्मरण गर्दै तत्कालीन नेताहरू गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले देखाएको राजनीतिक लचकताकै कारण पार्टी पुनः एकताबद्ध हुन सफल भएको बताए। उनले अहिलेको नेतृत्वले पनि त्यही उदाहरणबाट पाठ सिक्नुपर्ने धारणा राखे।

भेलामा उनले कांग्रेस एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे। कांग्रेसको अवस्था मुलुकको राष्ट्रियता र लोकतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले कांग्रेस बलियो भएका बेला लोकतन्त्र पनि सुदृढ भएको इतिहास रहेको बताए।

'कांग्रेसभित्र विग्रह भएका बेला राष्ट्रियता कमजोर भएको र लोकतन्त्र अपहरित तथा समाप्त भएको इतिहास छ,' लेखकले भने, 'त्यसैले हामी एकताबद्ध र संगठित हुनु अत्यन्त आवश्यक छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077