Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुँदै

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुँदै

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी तोकिएको छ। 

यसअघि सर्वोच्च अदालतको कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आजका लागि पेसी तोकिएको हो।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा दुवैजनाको तर्फबाट परिवारले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ।

भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनको घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै दुवै जनालाई चैत १४ गते बिहान सबेरै प्रहरीले पक्राउ गरेको थियो । 

सो घटनामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट श्रीमती राधिका शाक्य र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट श्रीमती यशोदा लेखकले चैत १५ गते निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चले चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077