Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्येक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी

पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्येक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउकोविरुद्ध परेको बन्दीप्रत्येक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा शनिबार बिहान लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । 

तर गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार लेखककी पत्नी यशोधा लेखकले थुनामुक्त गर्न माग राख्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

यस आदेशसँगै सरकारले लेखकलाई हिरासतमै राखेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनसम्बन्धी अनुसन्धान गर्न र बयान लिन पाउने व्यवस्था सुनिश्चित भएको छ।

यता लेखकसंगै पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ भइसकेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ भए पनि आदेश भने आएको छैन । ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले आइतबार अदालतमा रिट निवेदन पेश गरेकी थिइन् ।

यसअघि, जिल्ला अदालत, काठमाडौंले दुवैलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077